नियम २१७
लिलाम बिक्री तथा हस्तान्तरण गर्ने
(१) अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना जिन्सी मालसामान बिक्री वा हस्तान्तरण गर्नु वा गराउनु हु“दैन ।
(२) नियम २१४ बमोजिमको प्रतिवेदनमा उल्लिखित बेकम्मा भई काम नलाग्ने देखिएका मालसामान लिलाम बिक्री गर्ने, मर्मत गर्नु पर्ने मालसामान मर्मत गर्ने, आम्दानी नबा“धिएका जति तुरुन्त आम्दानी बा“ध्ने कर्तव्य अधिकार प्राप्त अधिकारीको हुनेछ ।
(३) नियम २१४ बमोजिमको प्रतिवेदन अधिकार प्राप्त अधिकारी बाहेक अरुले दिएको रहेछ भने लिलाम बिक्री गर्नु पर्ने जिन्सी मालसामानको सम्बन्धमा त्यस्तो जिन्सी मालसामान लिलाम बिक्री गर्ने अवस्थामा छ वा छैन अधिकार प्राप्त अधिकारीले जा“ची लिलाम बिक्री गर्नु पर्ने भनी ठहराएकोमा मात्र लिलाम बिक्री गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम जिन्सी मालसामान हस्तान्तरण गर्दा हस्तान्तरण फाराम भरी हस्तान्तरण गर्नु पर्नेछ । सामान बुझिलिने स्थानीय निकायले हस्तान्तरण भै आएको सामान जिन्सी खातामा आम्दानी बा“धी सोको जानकारी दिनु पर्नेछ । बुझिलिने स्थानीय निकायबाट आम्दानी बा“धेको जानकारी प्राप्त भएपछि साविक कार्यालयले त्यस्ता सामानको लगत कट्टा गर्नु पर्नेछ ।